व्यापार घाटा बढ्नुमा रेमिट्यान्सकाे पनि भूमिका - अध्ययन

काठमाण्डाै – व्यापार घाटा बढ्नुमा रेमिट्यान्सकाे पनि भूमिका रहेकाे एक अध्ययन प्रतिवेदनले देखाएको छ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । आज बिहीवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै सिबिफिनले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनमा व्यापार घाटा बढ्नुको प्रमुख कारण रेमिट्यान्स र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा नै रहेको बताएको छ । रेमिट्यान्सले बैंकमा ...

सम्बन्धित सामग्री

चेम्बर र महासंघले हस्तकला निर्यात र प्रवद्र्धनमा सहकार्य गर्ने

हस्तकलाका वस्तुहरूको निर्यात प्रवद्र्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासंघबीच सहकार्य हुने भएको छ ।व्यापार घाटा न्यूनीकरण र नेपालको अन्तर्राष्ट्रिय पहिचानका लागि हस्तकलाका सामग्रीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासंघले निर्यात प्रवद्र्धनमा सहकार्य गर्न लागेका हुन् ।चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाको निर्यात सहजीकरण, कच्चा पदार्थमा सहकार्य, भन्सारमा देखिएका जटिलता हटाउन […]

व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य

हस्तकलाका वस्तुको निर्यात प्रवर्द्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासङ्घबिच सहकार्य हुने भएको छ। व्यापार घाटा न्यूनीकरण र नेपालको अन्तर्राष्ट्रिय पहिचानका लागि हस्तकलाका सामग्रीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासङ्घले निर्यात प्रवर्द्धनमा सहकार्य गर्न लागेको बताइएको छ।

हस्तकलाका सामाग्रीको निर्यात बढाउन चेम्बर र महासंघबीच सहकार्य

नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासंघले हस्तकला सामानको उत्पादन र निर्यात प्रबर्द्धनमा सहकार्य गर्ने भएका छन् । व्यापार घाटा न्यूनीकरणमा हस्तकलाका सामाग्रीको महत्वपूर्ण भूमिका रहेको भन्दै चेम्बर र महासंघले सहकार्य गर्ने भएका हुन् ।भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाको निर्यात सहजीकरण, कच्चा पदार्थमा सहकार्य, भन्सारमा देखिएका जटिलता हटाउन महासंघसँग हातेमालो गरेर अघि बढ्ने बताए । महासंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष मल्लले नेपालका हस्त

आर्थिक समस्याबाट मुक्ति पाउन गुणस्तरीय लगानी भित्र्याउनुपर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो व्यापार घाटा, घट्दो विप्रेषण तथा कसिलो तरलताको समस्याबाट उन्मुक्ति पाउन गुणस्तरीय लगानी भित्र्याउनु पर्नेमा जोड दिनुभएको छ । बिहिबार सम्पन्न भएको लगानी बोर्डको ५०औँ बैठकमा उहाँले राष्ट्रको आर्थिक समृद्धिको जग निर्माण गर्न ज्ञान, सीप, पुँजी र प्रविधिको अहम् भूमिका रहने भएकाले पुँजी र प्रविधि भित्र्याउन बोर्डको कार्यालयलाई विशेष पहल गर्न निर्देशन …

व्यापार घाटा न्यूनीकरणमा भूमिका खेल्न राजदूत शर्मालाई परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले नेपालमा लगानी अभिवृद्धि र व्यापारघाटा न्यूनीकरणमा जोड दिन भारतका लागि नवनियुक्त राजदूत डा. शंकरप्रसाद शर्मासँग आग्रह गरेको छ । परिसंघले राजदूत शर्मासँग भेटेर भारतमा सहज विद्युत व्यापार र पर्यटन प्रबद्र्धन लगायतका क्षेत्रमा समेत भूमिका खेल्न अनुरोध गरेको हो ।दुई देशबीचको आर्थिक सम्बन्ध थपविस्तार गर्न नेपालले त्यसबाट अधिकतम लाभ लिने गरी सार्वजनिक नीजि साझोदारीमा काम गर्ने वातावरण निर्माणमा ध्यान समेत परिसंघको आग्रह छ । कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालम

व्यापार घाटा कम गर्न हस्तकलाको भूमिका महत्वपूर्ण

उपराष्ट्रपति नन्दबहादुर पुनले हस्तकला नेपालको व्यापार घाटालाई सन्तुलित राख्ने प्रमुख क्षेत्र भएको बताएका छन् ।हस्तकला स्वर्ण महोत्सव तथा दसौं हस्तकला दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाली हस्तकलाका वस्तुहरुले नेपालको पहिचानलाई उचो बनाउने काम गरिरहेको बताए ।उनले नेपालको गरिवी न्यूनिकरण गर्न तथा रोजगारीको अवसर सृजना गर्नसो क्षेत्रले उल्लेखनीय योगदान दिइरहेकाले यस क्षेत्रको […]

‘व्यापार घाटा कम गर्न सहज निर्यात नीति आवश्यक’

विराटनगर । सरकारले निर्यात व्यापारका लागि आवश्यक तयारी गर्न नसक्दा मुलुकले व्यापार घाटा बेहोर्नुपरेको विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । निर्यात अभिवृद्धिको माध्यमबाट व्यापार घाटा न्यूनीकरण गर्न नेपाल सरकारले ल्याएको नेपाल व्यापार एकीकरण रणनीति २०१६ को आगामी संशोधनमा समावेश गर्नुपर्ने विषयवस्तुबारे उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सहभागीले यस्तो बताएका हुन् । व्यापार घाटा कम गर्न सरकारले सहज निर्यात नीति लिनुपर्नेमा उनीहरूले जोड दिएका छन् । अन्तरक्रियामा संगठनका तर्फबाट सुझाव प्रस्तुत गर्दै संगठनका अध्यक्ष सुयश प्याकुरेलले २०१६ को रणनीति योजनामा देखिएका कमीकमजोरीको सुधार गरी आगामी नीति तय गर्नुपर्ने बताए । विश्वबजारमा मौलिक चिनारी बोकेका नेपाली वस्तुको माग भए तापनि निर्यातमा देखिएको प्रक्रियागत जटिलता, बढ्दो उत्पादन लागत तथा लजिष्टिक खर्च, ढुवानीको समस्या, कूटनीतिक पहलको अभाव लगायत कारणले अपेक्षित प्रगति नभएको उनको भनाइ छ । निर्यात प्रवद्र्धनमा देखिएका जटिलता सम्बोधन गर्नेगरी आगामी रणनीति आउनुपर्ने धारणा उनले राखे । कार्यक्रममा पूर्व अर्थसचिव एवं संगठनका विशिष्ठ सल्लाहकार रामेश्वर खनालले नेपाल व्यापार एकीकरण रणनिति २०१६ सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक व्यापार अभिवृद्धिमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने सबै क्षेत्रलाई समावेश गरी ‘इको सिस्टम’को विकास गर्नुपर्ने औंल्याए । आर्थिक विकासको मेरुदण्डका रूपमा रहेका आन्तरिक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी निर्यातलाई बढावा दिन सरकार–निजीक्षेत्रबीच सहकार्य हुनुपर्ने उनले बताए । राज्यले उद्योग व्यवसायको विकासका लागि सहज र सरल नीति निर्माण गरी सहजीकरण गर्नुपर्ने भन्दै उनले आवश्यक व्यवस्था सहितको व्यापार रणनीति तय गर्न कार्यक्रमबाट प्राप्त सुझाव महत्त्वपूर्ण रहेको अपेक्षा गरे । नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्दीय सदस्य अविनाश बोहराले निर्यात व्यापारको महत्त्वपूर्ण पक्षको रूपमा रहेको सिपिङ कम्पनी नहुनु, डिटेन्शनका नाममा अतिरिक्त खर्चको व्ययभार उद्योगले व्यहोर्नुपर्ने, अन्तरराष्ट्रियस्तरको मान्यता प्राप्त ल्याब नहुनु जस्ता कारण निर्यात व्यापार बढ्न नसकेको बताए । निर्यात अभिवृद्धिका लागि नीति निर्माणका साथैै पूर्वाधार विकासमा सरकारले ध्यान दिनुपर्ने विचार उनले व्यक्त गरे । आर्थिक रूपमा नेपालभन्दा पछि रहेका मुलुकले निर्यात व्यापारमा गरेको परिवर्तन र प्रोत्साहनले उनीहरू निकै अघि बढिसकेको सहभागीहरूले बताएका थिए । कार्यक्रममा संगठनका पूर्वअध्यक्ष मुकेश उपाध्याय, वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष विपीन कावरा लगायत कार्य समिति सदस्य, निर्यातकर्ता उद्यमी, महिला उद्यमी, युवा उद्यमी र विद्यार्थीको उपस्थिति थियो ।