'दलविहीन' बनेका छैनन् महन्थ, नयाँ पार्टी खोले सांसद पद जान्छ कि जाँदैन ?

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि महन्थ ठाकुर तथा राजेन्द्र महतो लगायतका नेताहरूको भविष्य के हुने भन्ने चासो सर्वत्र व्याप्त छ । निर्वाचन आयोगले महन्थ पक्षले नयाँ दल दर्ता गर्न सक्ने भनेपनि त्यसरी अगाडि बढ्दा सांसद तथा अन्य जनप्रतिनिधिको पद जाने चर्चा पनि राजनीतिक वृत्तमा सुन्न पाइन्छ । निर्वाचन आयोगले उपेन्द्र यादवलाई जसपाको आधिकारिकता प्रदान गर्दै महन्थलाई अर्को दल दर्ताका बाटो खोलिदिएको छ । २०७८ साउन ११ गते निर्वाचन आयोगले गरेको फैसलामा 'लिखित जवाफ प्रस्तुतकर्ता मह...