एस्टन भिल्लाका प्रशिक्षक स्टेभेन जेरार्ड बर्खास्त

काठमाडौं : एस्टन भिल्लाले प्रशिक्षक स्टेभेन जेरार्डलाई बर्खास्त गरेको छ। गएराति सम्पन्न खेलमा फुलह्यामसँग ३–० ले पराजित भएपछि क्लबले प्रशिक्षक जेरार्डलाई बर्खास्त गरेको हो।एस्टन भिल्लाले यस सिजनमा खेलेका ११ खेलमा केवल २ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ। प्रिमियर लिगमा एस्टन भिल्ला ११ खेलमा ९ अंकसहित लिगमा १७औं स्थानमा रहेको छ। रेन्जर्स क्लबबाट २०२१ को नोभेम्बर ११ मा एस्टन भिल्ला आएका जेरार्डले ४० खेलमा क्लबको नेतृत्व गरेका थिए।  जसमा उनले केवल १३ खेलमा जित दिलाएका छन्

सम्बन्धित सामग्री

स्टेफेन जेरार्डलाई प्रशिक्षक बनाउने एस्टन भिल्लाको योजना

इंलिस प्रिमियर लिग क्लब एस्टन भिल्ला लिभरपुलका पूर्व मिडफिल्डर स्टेफेन जेरार्डलाई प्रशिक्षक नियुक्त गर्ने योजना बनाएको छ । फुटबल सम्बन्धी वेवसाइट गोलडटकमका अनुसार भिल्लाको पहिलो प्राथमिकतामा जेरार्ड छन् । यसअघि आइतबारमात्रै भिल्लाले प्रशिक्षक डिन स्मिथलाई बर्खास्त गरेको थियो । प्रिमियर लिगमा आउने विषयमा जेरार्ड खुला देखिएका छन् । र, भिल्लाका कार्यकारी प्रमुख क्रिष्ट्रियन पुरस्लोसँग उनको व्यक्तिगत सम्बन्ध पहिल्यैदेखि राम्रो छ । पुरस्लो कुनै समय लिभरपुलका म्यानेजिङ डाइरेक्टर थिए । जेरार्