एमाले उपमहासचिव गुरुङलाई सङ्क्रमण

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । आज पीसीआर परीक्षणका क्रममा उनलाई सङ्क्रमण भएको हो । सङ्क्रमण भएपछि उनी होम आइसोलेशनमा छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई पनि सङ्क्रमण भएको थियो । यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ, एमाले महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, सुजिता शाक्यलगायतलाई सङ्क्रमण भएको छ ।