समाजवादीलाई सरकारमा सहभागी गराउन नेताहरूको दाैडधुप

काठमाडौँ – नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनका लागि यतिबेला सरकारमा सहभागी दलहरू जोडतोडका साथ लागेका छन्। नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धन टुटाएर एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएकाे छ। साेही सरकारमा एकीकृत समाजवादीलाई पनि सहभागी गराउनका लागि सरकारमा सहभागी दलहरूले पालैपालो पार्टी अध्यक्ष माधवकुमार […]

सम्बन्धित सामग्री

रास्वपालाई सरकारमा फर्काउने जिम्मा प्रधानमन्त्रीलाई

सत्तारूढ गठबन्धनमा रहेका दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई जिम्मा दिएका छन् । शीर्ष नेताहरूको बुधबारको बैठकले अहिलेकै गठबन्धनलाई निरन्तरता दिँदै रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री दाहाललाई जिम्मा दिएको हो । तर दाहालले बुधबार नवौं पटक मन्त्रिपरिषद् विस्तार गरेपछि रास्वपालाई फर्काउन थप जटिल हुने देखिएको छ ।

आज देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउँदै

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् ।  सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका ने देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका हुन्।सोमबार सर्वोच्च अदालतले मंगलबार दिउँसो पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश दिएको थियो । सर्वोच्चको आदेश लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो।मंगलबार बिहान बस्ने विपक्षी गठबन्धनमा रहेका शीर्ष नेताहरूको बैठकले सरकारमा स