विश्वकप फुटबलः पहिलो हाफमा नेदरल्यान्ड २ गोलले अघि

विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अहिले नेदरल्यान्ड र अमेरिका खेलिरहेका छन्। पहिलो हाफसम्मको खेलमा नेदरल्यान्डले २ गोलको अग्रता लिएको छ। कतारको खलिफा इन्टरनेसनल स्टेडियममा भइरहेको खेलको १०औँ मिनेटमा नै नेदरल्यान्डले अग्रता लिएको थियो। मेम्पिस डिपेले गोल गर्दै नेदरल्यान्डलाई अग्रता दिलाए। यस्तै पहिलो हाफको अतिरिक्त समयमा दले ब्लिनले गोल गर्दै…