बुटवलमा कर्फ्यु कायमै

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–१७ र १८ मा आइतबार अपराह्न ४ बजेदेखि कर्फ्यु जारी छ । निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा टहरा बनाएर बसोबास गर्दै आएका सुकुम्बासीलाई प्रहरीले हटाउन खोज्दा आइतबार दोहोरो झडप भएको थियो । घटनाले उग्ररूप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय...

सम्बन्धित सामग्री

बुटवलमा चार दिनदेखि लगाइएको कर्फ्यु हट्यो

रुपन्देहीको बुटवलमा चार दिनदेखि लगाइएको कर्फ्यु हटाइएको छ । स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको थियो । बुटवल १७ मा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्न सर्वसाधारण र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएपछि प्रशासनले कर्फ्यु लगाएको हो ।  रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको बताए । ‘निषेधाज्ञा कायम नै छ । कर्फ्यु हटाइएको छ । अवस्था अहिले सामान्य छ । अहिले पनि ठूलो संख्यामा प्रहरी भने परिचालन गरिएको छ,’ ...

बुटवलमा अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

बुटवलमा प्रहरी र 'सुकुम्वासी' बीच झडप, चारको मृत्यु - BBC News नेपाली

रुपन्देही जिल्ला प्रशासन कार्यालयले स्थितिलाई नियन्त्रणमा लिन अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाएको छ।

रुपन्देहीको मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी

रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा कर्फ्यु आदेश जारी गरेको छ । आइतबार बिहानैदेखि बुटवलको मोतीपुर क्षेत्र तनावग्रस्त भएपछि प्रशासनले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको हो । प्रशासनले निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न तनावका कारण कर्फ्यु आदेश जारी गरेको जनाएको छ । जारी आदेशमा पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुर, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका– १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।औद्य