कास्की जिप दुर्घटना अपडेट : घाइते दुई जनाको मणिपाल अस्पतालमा मृत्यु

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आइतबार दिउँसो भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

सम्बन्धित सामग्री

जाजरकोट जिप दुर्घटना अपडेट, ९ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

बैतडी जिप दुर्घटना अपडेट : पाँच प्रहरीकाे मृत्यु

‘अहिलेसम्म हामीले पाँच जनाको शव भेटेका छौँ । तीन जना प्रहरी घाइते अवस्थामा भेटिनुभएको छ,’ वडाध्यक्ष विष्टले भने, 'प्रहरी टोली घटनास्थलतर्फ आउँदैछ ।’

दार्चुला जीप दुर्घटना अपडेट : ५ जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

काठमाडौं/धनगढी : दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।दुर्घटनामा ९ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले थाहाखबरलाई बताए। मृतकहरूमा ४ जना पुरुष र १ महिला रहेका प्रजिअ उपाध्यायले जानकारी दिए। ९ जना घाइतेको घटनास्थलबाट उद्धार गरी स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार  भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा दुर्घटना हुँदा

स्याङ्जा जिप दुर्घटना अपडेट : १३ जनाको मृत्यु, ११ घाइते

काठमाडौँ – स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ग २ च ३०२६ नम्बरको जिप दुर्घटनामा हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। शिघ्रेबाट वालिङतर्फ गइरहेको जिप दुर्घटनामा परेको हो । हाल उद्धारका लागि प्रहरीको टोली खटिएको छ। घरबाट मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका प्रहरीले […]

स्याङ्जा जिप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

वालिङ– स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए । अन्य पाँचजनाको गण्डकी मेडिकल […]

स्याङजा दुर्घटना अपडेट : पाँच जनाको मृत्यु

काठमाडौं : स्याङजामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। डाँडाखर्कबाट वालिङतर्फ आउँदै गरेको ग१ज ७३९९ नम्बरको जिप आज बिहान वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित भित्री सडकमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र थप एकजनाको उपचारको क्रममा मृत्यु भएको स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।वालिङमा जिप दुर्घटना, ४ जनाको मृत्यु, ५ घाइतेमृत्यु हुनेमा स्थानीय ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीय हिरा दाला,२५ वर्षीया शर्मिला सारु र नाम नखुलेका उनका ६ म

बझाङ जिप दुर्घटना अपडेट : कांग्रेस बझाङ सभापति घाइते, माइला छोराको मृत्यु

बझाङ – जिप दुर्घटनामा नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहराका माइला छोरा विनोद बोहराको मृत्यु भएको छ । बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना हुँदा २७ वर्षीय विनोदको मृत्यु भएको प्रहरीले जनाएको छ । गए राति पौने १ बजे भएको दुर्घटनामा खड्क सामान्य घाइते […]

ओखलढुंगा दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो

ओखलढुंगा : जिल्लामा तीर्थयात्री बोकेको बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ। दुर्घटनामा १३ यात्रु घाइते भएका छन्।प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको जिप सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा सोबार बिहान दुर्घटना भएको हो।जिपमा चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने भक्तजन चढेका थिए। जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेका ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँकी अन्दाजी १७ वर्षीया तुलसा मगर

रोल्पा जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रोल्पा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । घाइते ३ जनामध्ये माडी गाउँपालिका–६ की १८ वर्षीया लीला पुनको  जिल्ला अस्पताल रोल्पा लैजाने क्रमममा मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।अर्का गम्भीर घाइते सोही स्थानकी २१ वर्षीया बिना घर्तीमगरलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको रानाले जानकारी दिए । अर्की घाइते कञ्चना विकको जिल्ला अस्पताल मै उपचार भइरहेको छ ।