साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न पुरस्कार

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार गीता खत्रीलाई ‘अनेसास डायस्पोरा नारीरत्न २०२३’ पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ। अनेसास बोर्ड अफट्रष्टीका निवर्तमान सभापति खत्रीले साहित्यक सिर्जनाका साथै अनेसासको नेतृत्व गरेर डायस्पोरामा साहित्यको संस्थागत गरिमा बढाउने कार्य गरेका कारण पुरस्कृत गर्न लागिएको हो।