काँग्रेस अधिवेशन : बागमती प्रदेश सभापतिमा ७ जनाको दाबेदारी

 नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा संरचनात्मक नेतृत्वको रस्साकस्सी चलिरहेको छ । ५७ जिल्लामा वडा नेतृत्व चयन भइसकेको छ भने २० जिल्लामा असोज ५ गते अधिवेशन हुँदै छ ।तल्लो तहबाट अधिवेशन सुरु भएसँगै माथिल्लो तहमा पनि नेतृत्व हत्याउन नेताहरुले आन्तरिक रणनीति बुनिरहेको देखिन्छ । केन्द्रीय पदाधिकारीपछि नेताहरुको नजर प्रदेश सभापतिमा परेको छ ।त्यसका लागि केन्द्रीय सदस्य र एक कार्यकाल भन्दा बढी जिल्ला सभापति भएका नेताहरुले दाबेदारी प्रस्तुत गरिरहेका छन् ।काँग्रेसको विधान अनुसार लगातार तेस्रो का