प्रचण्ड–नेपाल पक्षद्वारा काठमाडौँ जिल्ला सङ्घर्ष समिति घोषणा

 प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन परिचालन गर्न प्रचण्ड–नेपाल पक्षले एक हजार ५७६ सदस्यीय काठमाडौँ जिल्ला सङ्घर्ष समिति घोषणा गरेको छ । काठमाडौँ जिल्लाका केन्द्रीय कमिटी सदस्य, प्रदेश सदस्य, नगर, वडा, जनवर्गीय सङ्गठनलगायतको सहभागितामा सङ्घर्ष समिति घोषणा गरिएको हो । सङ्घर्ष समितिका संयोजकमा केन्द्रीय सदस्य सावित्रा भुसाललाई तोकिएको छ । सङ्घर्ष समितिका अगुवाइमा आगामी माघ २३ गते काठमाडौँमा जनप्रदर्शन गर्ने कार्यक्रम बनाइएको छ ।