चालिसेको ‘जीवनका वक्ररेखा’ सार्वजनिक

वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेको नवीनतम् कृति ‘जीवनका वक्ररेखा’ बजारमा आएको छ । आत्मसंस्मरणको रूपमा आएको यस कृतिमा चालिसेले आफू, आफू बाँचेको समाज, ती कालखण्डका संस्कृति, राजनीति र साहित्यका साथै पत्रकारिताका विविध पाटाहरूलाई उधिन्ने प्रयास गरेका छन् । यसकारण पनि राजनीति, साहित्य, कला र पत्रकारितामा रुचि राख्ने जो कोहीका लागि आफ्नो यो ५४ औं कृति गतिलो खुराक हुनसक्ने विश्वास कृतिकार चालिसेले लिएका छन् । सुरभि साहित्य प्रतिष्ठान प्रकाशक रहेको यस कृतिमा रहेका ९ नौ अलग&mda