काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयोग पुर्याउने नेपाल राष्ट्र बैंकको प्रतिबद्धता रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको आज ७१औँ वार्षिकोत्सवमा उनले सरल, नियमन, प्रभावकारी सुपरीवेक्षण, नीतिगत सुधार तथा प्रविधिमैत्री वित्तीय प्रणालीमार्फत मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउने बैंकको प्रयास रहेको बताए । […]
१४ वैशाख, डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-९ स्थित चुगाँड खोलामा मालबाहक ट्रक फस्दा सडकखण्ड अवरुद्ध भएको छ ।
सोमबार बिहान करिब १० बजे नेपालगञ्जबाट डोल्पातर्फ आउँदै गरेको मालबाहक ट्रक उक्त खोलामा फसेपछि भेरी करिडोर …
काभ्रेपलाञ्चोक– शनिबार र आइतबारको असिना–पानीले क्षति पुर्यायको धुलिखेल र पनौती नगरपालिका क्षेत्रका बालीको अनुगमन गरिएको छ । प्रतिनिधिसभा सांसद मधुकुमार चौलागाईंसहित स्थानीय जनप्रतिनिधि, जिल्ला कृषि विकास कार्यालयका प्राविधिलगायतको टोलीले दुवै नगर क्षेत्रका विभिन्न स्थानमा पुगेर आज क्षतिको अनुगमन गरेका हुन् । त्यस क्रममा धुलिखेलको वडा नं १, ११ र १२ तथा पनौतीको वडा नं ६, […]
श्वेतपत्रले स्वास्थ्य सेवा गुणस्तरीय र विश्वसनीय नहुँदा जटिल रोगको उपचारका लागि नेपालीहरू विदेश जाने प्रवृत्ति नरोकिएको र स्वास्थ्य सेवा दिनानुदिन महँगो हुँदै गएकोमा चिन्ता व्यक्त गरेको छ। आम नागरिकलाई सुलभ स्वास्थ्य सेवा पुर्याउन सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम आफैँ समस्यामा परेको श्वेतपत्रमा उल्लेख छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धिलाई सहयोग पुर्याउन नेपाल राष्ट्र बैंकको प्रतिबद्धता रहेको बताएका छन्।