सडक अवरोधका कारण सुस्ताएको मुस्ताङको पर्यटनमा दसैँपछि चहलपहल बढेको छ। टीकापछिका बिहीबार र शुक्रबार मात्रै सात हजार ८४६ पर्यटक मुस्ताङ भित्रिएका छन्। यो सङ्ख्या घटस्थापनादेखि विजयादशमीसम्मको १० दिनमा आएका पर्यटकभन्दा दुई हजार १८३ ले बढी हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार बिहीबार तीन हजार ३३ र शुक्रबार चार […]
अदिस अबाबा । दक्षिणी इथियोपियाका सोमाली र ओरोमिया क्षेत्रका सेना र विद्रोही लडाकूबीच हालैका दिनहरूमा भएका झडपमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । क्षेत्रीय विवादको पृष्ठभूमिमा यो घटना भएको स्रोतहरूले शनिबार एएफपीलाई बताए । मङ्गलबारदेखि सुरु भएको लडाइँ शनिबार पनि जारी थियो । सोमाली लडाकुहरू सहरका ठूला भवनहरूबाट भारी हतियार चलाइरहेका छन् भने ओरोमियाका सैनिक बलहरू […]
बडादसैँको १४ दिनमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा परेका छन्। तीमध्ये ९४ जना सार्वजनिक सवारीसाधनका चालक रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। घटस्थापनादेखि कात्तिक ७ गतेसम्मको जाँचमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने एक हजार दुई र लागुपदार्थ सेवन (लापसे) गर्ने ३५ […]
काठमाडौँ । आश्विन शुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसाद स्वरूप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम आज पनि जारी छ । विजयादशमीका दिन कात्तिक ४ गते दश दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पश्चिम नेपालका केही […]
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरु हुन दुई दिन बाँकी रहँदा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले विदेशी खेलाडी अनुबन्ध गरेका छन्। सुदूरपश्चिमले वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई भित्र्याएको छ भने जनकपुरले पाकिस्तानका तीव्र गतिका बलर हुनेन साहलाई टोलीमा जोडेको छ। सुदूरपश्चिमले शनिबार रदरफोर्डको आबद्धता औपचारिक रूपमा सार्वजनिक गरेको हो। टोलीका प्रमुख कार्यकारी […]