प्रहरीलाई देखेर झोला फालेर गए, खोलेर हेर्दा ८ लाख रुपैयाँ

महोत्तरी – सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद गरेको छ । प्रहरीका अनुसार महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डामा रहेको नेपाल भारत सीमा क्षेत्रबाट सात लाख ८९ हजार पाँच सय ५० रुपैयाँ बरामद गरिएको हो । शनिबार गोराहारीमा बीओपीबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको व्यक्तिलाई जाँच गर्ने क्रममा एक जनाले आफूले बोकेको झोला फालेर हिँडेका थिए ।  झोलामा हेर्दा उक्त रकम भेटाएको सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बताउनुभयो । अहिले प्रहर...