ट्राफिक जाम र डुबान रोक्नसक्ने हनुमन्ते करिडोर : किर्ते तथा जग्गा विवादलगायत प्रपञ्चको शिकार

कृष्ण तिमल्सिनाकाठमाडौं उपत्यकाको सवारी चाप व्यवस्थापनका लागि अहिले निर्माण भइरहेका करिडोर पक्कै पनि 'लाइफलाइन' नै बन्न सक्थे तर अधिकांश करिडोरमा अर्बौं खर्च भइसक्दा पनि समस्या उस्तै छ। कुनै पनि करिडोर पूरा भएका छैनन्।हरेक वर्ष थपिने नयाँ नयाँ बस्तीका कारण करिडोरको क्षेत्र बढिरहेको र आयोजना निरन्तर तन्किरहेको अधिकार सम्पन्न बाग्मती एकीकृत सभ्यता विकास समितिका सूचना अधिकारी इञ्जिनियर कमल अर्यालले बताए, जसमा सबैभन्दा धेरै समस्या हनुमन्ते करिडोरमा देखिएको छ।हनुमन्ते नदीको भक्तपुर सल्लाघारीद