रुकुम पश्चिम पूर्ण खोप सुनिश्चित जिल्ला

रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले सदरमुकाम खलंगास्थित बाल मन्दिर प्रांगणमा शुक्रबार कार्यक्रम गरी रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको हो । खोप लाउनुपर्ने जिल्लाका सम्पूर्ण बालबालिकाले सबै मात्रा पूरा गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको खोप समन्वय समितिले जनाएको छ ।