कृषिमन्त्री मृगेन्द्रको पद धरापमा

काठमाडौं, २१ असार । कृषिमन्त्री बनेको भोलिपल्टै मृगेन्द्रकुमार सिंह यादवको पद धरापमा परेको छ । उनीविरुद्ध सर्वोच्च अदालतमा एउटा रिट निवेदन दर्ता भएको छ जसमा उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएकाले मन्त्री बनाउन संविधानविपरित हुने जिकिर गरिएको छ । अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिटमा संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल […]