बागमती प्रदेशमा बिहीबार गठबन्धन सरकार गठन भए पनि प्रदेश १ मा नेपाली काँग्रेसको लफडाका कारण मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारको आयु लम्बिएको छ । केन्द्रमा पाँच दलीय गठबन्धनबीचको सहमति अनुसार काँग्रेस अघि बढेको भए प्रदेश १ मा तीन दिन अघि नै सरकार परिवर्तन भइसक्थ्यो । काँग्रेसभित्र शेखर कोइराला पक्षले प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने अडान राखेका कारण कात्तिक ७ गतेका लागि बोलाइएको प्रदेशसभा बैठक कात्तिक १५ गतेका लागि सारिएको छ ।प्रदेशसभा बैठक सार्नुमा काँग्रेसकै भूमिका देखिएक