सरकार, पसलहरूमा भीड कम गर्न अनलाइन होम डेलिभरी खुला गर

कोरोना थप फैलन नदिने उद्देश्यले अरू देशले जस्तै नेपालले पनि यतिबेला काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा निषेध आदेश जारी गरेको छ । आदेश जेसुकै भएपनि धेरैले यसलाई सजिलो भाषामा लकडाउन भनेर बुझेका छन् ।  लकडाउनमा नागरिकलाई घरबाट बाहिर ननिस्कन भनिएको छ । अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी चल्न रोक लगाइएको छ । दैनिक उपभोग्य सामग्री खरिदका लागि बिहान ७ देखि ९ बजेसम्म मात्र पसल खुल्न दिने नियम लागू गरिएको छ । कोरोना संक्रमण फैलन नदिन सरकारले लागू गरेका यी नियमको पालना गर्नु नागरिकको दायित्व हो,...