दाङ–सल्यान–सुर्खेत सडकखण्डको दूरावस्था: ठेकेदार कम्पनीको बहानाबाजी, काम नसकिँदै भत्कियो कालोपत्र

मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने तुलसिपुर-सल्यान-सुर्खेत कालोपत्रे सडक अन्तर्गत सल्यानको कालीमाटी क्षेत्रमा ठेकेदार कम्पनीले काम सम्पन्न नगर्दै कालोपत्रे ठाउँठाउँमा भत्किएको छ । गुणस्तरीय काम नहुँदा कालोपत्रे विभिन्न ठाउँमा उक्किएको छ।

सम्बन्धित सामग्री

हस्तान्तरण नहुँदै भत्कियो सहिद मार्ग

दाङ घोराहीदेखि रोल्पाको होलेरीसम्मको करिब ३१ किलोमिटर सहिद मार्ग कालोपत्र भइसके पनि सरकारलाई हस्तान्तरण नगर्दै भत्किएको छ । करिब ९० प्रतिशत काम सकिसकेको ठेकेदार कम्पनीले क्षतिपूर्ति माग गर्दै गत वर्षदेखि काम रोकेको छ ।