वाणिज्य विभागले वस्तु तथा सेवाको मूल्य मापदण्डका लागि माग्यो सुझाव

वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मूल्य निर्धारणमा एकरूपता कायम गर्न आवश्यक सुझाव माग गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १३ बमोजिम गठन गरिएको अध्ययन समितिको सिफारिसका आधारमा बजार मूल्य मापदण्ड तयार पारिने भएकाले सरोकारवालाबाट १५ दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरिएको हो। विभागका अनुसार उपभोक्ता संरक्षण, मूल्य नियन्त्रण, बजार सन्तुलन, […]