गण्डकी। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त पोखरा महानगरपालिका–१७ को वडा कार्यालय स्थानीयको सहयोगमा सञ्चालनमा आएको छ। जनप्रतिनिधिले सहयोगका लागि आह्वान गरेपछि वडाका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट कार्यालय सञ्चालनका लागि अत्यावश्यक सामग्री उपलव्ध गराइएको थियो। वडाध्यक्ष राधिका शाहीका अनुसार कार्यालय सञ्चालनका लागि कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, सिसी क्यामेरा, खानेपानी एवं आवश्यक फर्निचर स्थानीयले प्रदान गरेका छन्। पोखरा–१७ […]