जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरित भएको एकता स्वीर्कान सकेनौं: जनार्दन शर्मा

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग, भावना विपरित माओवादी केन्द्र र एकीकृत समाजबादीबीच हुन लागेको एकतालाई स्वीर्कान नसकेको बताउनुभएको छ। ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रुपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा, जनतातिर जवाफदेही हुने, विधिपद्धति लागू गर्ने […]