अर्थतन्त्रलाई केन्द्रमा राखेर घोषणापत्र बनाउन दलहरूलाई परिसंघको सुझाव

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)ले आर्थिक एजेन्डालाई पहिलो प्राथमिकता दिई घोषणापत्र बनाउन दलहरूलाई आग्रह गरेको छ। दलहरूले घोषणापत्रमा प्राथमिकता दिनुपर्ने विषयबारे परिसंघले ४ माघमा पत्रकार सम्मेलन गरी सुझावहरू सार्वजनिक गरेको हो। दलहरूले घोषणापत्रमा उल्लेख गर्नुपर्ने विषयका सम्बन्धमा राष्ट्रियस्तरका दलहरूसँग छलफल गरिने सीएनआईले बताएको छ। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले २००७ सालदेखि २०८२को जेन-जी आन्दोलनसम्म आइपुग्दा धेरैपटक […]