मतदानमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था हुन्छ : निर्वाचन आयोग

काठमाडाैं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ । तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रवार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो जिकिर गर्नुभएको हो । उहाँले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी […]