म्यादी प्रहरीमा आकर्षण : श्रीनगर डाँडामा परीक्षा दिँदै परीक्षार्थी (फोटो फिचर)

पाल्पा : आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि पाल्पामा म्यादी प्रहरी छनोट प्रक्रिया चलिरहेको छ।जिल्लामा १ हजार २१५ म्यादी प्रहरीले जागिर पाउने छन्। आवेदन भने २ हजार ६७ जनाले दिएका थिए। स्वास्थ्य परीक्षण, शारीरिक परीक्षणबाट लिखित परीक्षामा करिब १ हजार २०० जना छनोट भएका छन्।(फोटो फिचर)

सम्बन्धित सामग्री

लेबोरेटरी स्कुलमा म्यादी प्रहरीको लिखित परीक्षा (तस्विरमा)

काठमाडौं : नेपाल प्रहरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि भर्ती गर्ने म्यादी प्रहरीको लिखित परीक्षा भइरहेको छ।बागमती प्रदेशका लागि भर्ती गरिने म्यादी प्रहरीको लिखित परीक्षा आज कीर्तिपुरस्थित लेबेरेटरी विद्यालयको खेल मैदानमा भइरहेको हो।नेपाल प्रहरीको प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार देशभरिका लागि आवश्यक १ लाख १५ हजार म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि

चितवनमा म्यादी प्रहरीका लागि ३८ सयको आवेदन, तन्दुरुस्ती परीक्षा भोलिदेखि

चितवन – आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटाउनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्दै छ। म्यादीका लागि चितवनमा तीन हजार ८३० जनाले आवेदन दिएका छन्। आठ दिनको अवधीमा दुई हजार ७०९ पुरुष र एक हजार १२१ महिला गरी जम्मा तीन हजार ८३० जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको जिल्ला […]

‘बलात्कारी’ नै म्यादी प्रहरी : टिकटकबाट खुल्यो पोल, बिदाइ समारोहबाट पक्राउ

काठमाडौँ । बलात्कार मुद्दामा अदालतबाट जरिवाना र जेल सजायको फैसला तोकिएका युवक सुटुक्क म्यादी प्रहरीमा भर्ना भए । ४० दिनसम्म ड्युटी गरेर बिदाइ हुने बेला बल्ल प्रहरी अधिकारीहरूले थाहा पाए, उनी ‘बलात्कारी’ रहेछन् ।उनी हुन्, झापाको भद्रपुर नगरपालिका–७ घर भएका ३३ वर्षीय कमल प्रसाद पोखरेल । उनी परिवारसँग २०७४ मा उदयपुरबाट बसाइँ सरेर झापामा बस्न थालेका हुन् । जिल्ला प्रहरी कार्यालय झापामा म्यादी प्रहरीका लागी आवेदन दिएर उनी छनोट परीक्षा पास भएका थिए । ४० दिनको कार्यकाल सकिएपछि बिदाइ स

कास्कीमा छनोट भए १५ सय म्यादी प्रहरी

पोखरा – आउँदो स्थानीय निर्वाचनका लागि कास्कीमा करिब १५ सय जना म्यादी प्रहरी भर्ना गरिएको छ। १ हजार ४ सय ३३ जना उम्मेदवारलाई ४० दिनका लागि भर्ना लिइएको हो । यस्तै, २ सय ८८ जनालाई वैकल्पिकमा नाम निकालिएको छ। लिखित परीक्षा पास गरेका २ हजार ९ सय ५४ जनाबाट मौखिक परीक्षा मार्फत उम्मेदवार छनोट गरिएको […]

म्यादी प्रहरी छनौट प्रक्रिया सुरु

ताप्लेजुङ– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि म्यादी प्रहरी छनौट प्रक्रिया सुरु भएको छ । म्यादी प्रहरीका लागि आवेदन दिएकाहरूको शारीरिक तन्दुरुस्ती परीक्षा सुरु भएको हो । अन्य जिल्लामा जस्तै ताप्लेजुङमा पनि आजबाट छनौट प्रक्रिया सुरु भएको छ । ताप्लेजुङका लागि ६४७ जना म्यादी प्रहरी माग गरिएको छ । तर १ हजार […]

सजिलो छैन म्यादी प्रहरी बन्न (फोटो फिचर)

१५ चैत, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह चुनावमा म्यादी प्रहरी बन्न आवेदन दिएकाहरुको शारीरिक परीक्षण सुरु भएको छ । म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाइँदै छ । म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले […]

यसरी हुँदैछ म्यादी प्रहरी भर्नाका लागि शारीरिक परीक्षण (फोटोफिचर)

आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि आज मंगलबारदेखि शारीरिक परीक्षण सुरु भएको छ। आजदेखि सुरु शारीरिक परीक्षा शनिबारसम्म जारी रहने छ। ४० दिनको अवधि तोकिएको म्यादी...

यसरी छानिँदैछ म्यादी प्रहरी [तस्बिरहरु]

आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर धमाधम म्यादी प्रहरी छनोट प्रक्रिया चलिरहेको छ । म्यादी प्रहरीका लागि दरखास्त दिएकाहरुको स्वास्थ्य तथा शारीरिक परीक्षणलगायत जाँच गरेर छनोट प्रक्रिया अगाडि बढाइएको हो । कीर्तिपुरको चोभारस्थित ल्याबोरेटरी सेकेन्डरी हाइस्कुलको मैदानमा मंगलबार म्यादी प्रहरीका उम्मेदवारहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा लिइएको थियो ।

म्यादी प्रहरी बन्न धुलाम्मे मैदानमा परीक्षा (फोटो फिचर)

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरी हुन आवेदन दिएकाहरूले फिदिममा दिउँसो मध्याह्नमा धुलाम्मे खेल मैदानमा बसेर परीक्षा दिएका छन् । बुधवार दिउँसो रातो माटोले भरिएको मैदानमा दुई घण्टा बसेर म्यादी प्रहरी बन्नका लागि पाँचथरवासीले परीक्षा दिएका हुन्।

मोरङमा ६ हजार बढीले म्यादी प्रहरीका लागि दिए परीक्षा

विराटनगरः मंसिरमा हुने निर्वाचनका लागि म्यादी प्रहरी बन्न मोरङ जिल्लामा छ हजार २२९ जनाले लिखित परीक्षा दिएका छन्। म्यादी प्रहरीमा भर्नाका लागि निवेदन दिएकामध्ये शारीरिक तन्दुरुस्ती परीक्षा पास गरेका छ हजार बढीले लिखित परिक्षा दिएका हुन्। जिल्लामा तीन हजार १५७ जना म्यादी प्रहरीको कोटा रहेको छ। विरा...