विपन्न महिलालाई हाते होजियारी तालिम

जुम्ला : विपन्न असाय महिलालाई एक महिने हाते होजियारी तालिम दिन थालिएको छ।चन्दननाथ नगरपालिका भित्रका विपन्न असाय महिलाहरूको आयआर्जनमा सुधार ल्याउनका लागि हाते होजियारी तालिम दिइएको हो।सामाजिक विकास कार्यालय जुम्लाको सहयोग तथा हिमाली महिला जागरण केन्द्र जुम्लाको आयोजनामा महिला आयआर्जन सम्वन्धी सीपमुलक एक महिने तालिम दिन थालिएको छ।एक महिनासम्म महिलालाई ऊन तथा पुनको धागोबाट बुन्ने टोपी र मोजा बुन्न सिकाइने प्रशिक्षक सरस्वती भारतीले जानकारी दिइन्।सामाजिक विकास कार्यालय जुम्लाका निमित्त प्रमुख प्रेम श