कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान, एकको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एक जना प्रहरी घाइते भएका छन् । बेलौरी नगरपालिका–७ पौलाहास्थित नेपाल–भारत सीमा नजिकै भएको दोहोरो भिडन्तमा एक जनाको मृत्यु भएको कञ्चनपुर प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभएको छ । मृतकको परिचय खुलेको छैन । मृतकको शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार गस्तीमा रहेको प्रहरीमाथि भारतीय तस्करले गोली प्रहार गरेका थिए । त्यस पछि प्रतिरक्षा गर्न नेपाली पक्षले पनि जवाफी गोली प्रहार गर्दा भारतीय तस्करको मृत्यु भएको हो । चार जनाको समूहमा आएका भारतीय तस्करले गस्तीमा रहेको प्रहरी टोलीमाथी गोली प्रहार गरेको थियो ।

सम्बन्धित सामग्री

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एकको मृत्यु

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ। दोहोरो फायरिङ हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकै दोहोरो भिडन्त भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। गस्तीमा गएका  प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गर्दा सो घटना हुन पुगेको थियो ।

पर्सा राष्ट्रिय निकुञ्जमा गोली हानाहान, एकको मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र सुरक्षाकर्मीबीच भएको गोली हानाहानमा एकजनाको मृत्यु भएको छ ।  शुक्रबार

रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान, एकको मृत्यु

काठमाडौं । रुपन्देहीमा गएराति प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । राति १२ बजे गस्तिमा

सुनसरीमा प्रहरी डाँकाबीच गोली हानाहान, एकको मृत्यु

काठमाडौं ।  सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुदाँ एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ ।      जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती ...