२६४ वर्ष पुरानो लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आयोगले पहल गर्ने

मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मधेस प्रदेश सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकामा रहेको २५० भन्दा बढी पुरानो लक्ष्मीनारायण मन्दिरको सौन्दर्यीकरण, उचित व्यवस्थापन तथा विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आयोगले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मधेस प्रदेशको ग्रामीण जिल्लाहरूको अनुगमनको क्रममा रहेका अध्यक्ष दत्तले आज बलान बिहुल गाउँपालिकाको मौवाहा गाउँमा मन्दिर व्यवस्थापन कार्यसमितिका पदाधिकारीसहित स्थानीय बासिन्दाहरूको भेलामा मन्दिरलाई आवश्यक सहयोग, व्यवस्थापन तथा सौन्दर