धनगढीका मेयर हमालले गरे सेवा सुबिधा बराबरको रकम गौशालालाई हस्तान्तरण

धनगढी – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले राज्यबाट पाउने आफ्नो हरेक महिनाको सेवा सुबिधा सामाजिक क्षेत्रमा लगानी गरिरहेका छन्। मेयर हमालले जेठ महिनाको सेवा सुबिधा बराबरको पैसा धनगढीस्थित एक गौशालालाई हस्तान्तरण गरेका थिए। यसैगरी, असार महिनाको सुविधा धनगढीस्थित दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका छन्। मंगलबार एक कार्यक्रमबीच मेयर हमालले उपमहानगरपालिकाको वडा नम्बर ११ […]