भारतलाई जेपी मोर्गन र बोइङले ३० लाख डलर दिए

एजेन्सी। अमेरिकी कम्पनी जेपी मोर्गनले कोरोनाबाट पीडित भारतलाई २० लाख डलर सहयोग दिएको छ। यसैगरी बोइङले पनि भारतमा कोरोनाविरुद्ध चलिरहेको अभियान सफल पार्न १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ। जेपी मोर्गनले आफ्ना कर्मचारीलाई कोरोनाले अति प्रभावित भारतलाई मद्दत गर्न अपिलसमेत गरेको छ।