चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

तनहुँ– बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बैँस गुरुङले जानकारी दिए । ‘हप्ताको दुई–तीन दिन चिनियाँ पर्यटक करिब पाँच–छ सयका दरले आउने गरेका छन्’, उनले भने, ‘जर्मनी, […]

सम्बन्धित सामग्री

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

तनहुँ ।  बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बैँस गुरुङले जानकारी दिए। “हप्ताको दुई/तीन दिन चिनियाँ पर्यटक करिब पाँच÷छ सयका दरले आउने गरेका छन्”, उनले भने, “जर्मनी, […]

ब्रोम्दिङ : काठमाडौंबाट नजिकको ‘भर्जिन’ गन्तव्य !

काठमाडौं । दोलखाको शैलुङका जस्ता थुम्का र दामन । सेता हिमशृंखलाको दृश्य । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१, ब्रोम्दिङको पर्यटकीय सुन्दरता दर्शाउन यी विशेषता काफी छन् । समुद्री सतहबाट २०८० मिटर उचाइमा रहेको त्यहाँस्थित ब्रोम्दिङ डाँडाबाट गणेश, अन्नपूर्ण, मनास्लु र माछापुच्छ्रे हिमाल देखिन्छन् । यससँगै त्यहाँबाट देखिने सूर्याेदय र सूर्यास्तको दृश्य पनि अवलोकन गर्न सकिन्छ ।  त्यहाँ पुग्ने पर्यटकले प्राकृतिक सुन्दरताको मात्रै होइन, संस्कृतिको पनि आनन्द पाउँछन् । तामाङ बस्ती रहेको त्यो क्षेत्रमा घुम्न आउने पर्यटकले होमस्टेमा बसेर स्थानीय रहनसहन र खानपानको मज्जा लिन सक्छन् ।  ब्रोम्दिङ पुग्नेहरू त्यहाँको प्राकृतिक सुन्दरतामा नलोभिने सायदै होलान् । प्राकृतिक सुन्दरताले भरिपूर्ण ब्रोम्दिङ पर्यटकमाझ परिचित हुन थालेको भने केही समय मात्रै भएको छ । यसअर्थमा त्यो क्षेत्र बाह्य पर्यटकको ‘भर्जिन’ गन्तव्य मानिएको छ ।  ‘यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो, यही कारण हामीले यहाँको पर्यटन विकासका लागि काम गरिरहेका छौं,’ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले भने ।   त्यस क्षेत्रको प्रचारप्रसारका लागि गाउँपालिकालगायत अन्य विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन् । यही कात्तिक १५ गते नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा बेनीघाट रोराङ गाउँपालिका र एनटीपी मल्टिमिडिया ग्रुपको संयुक्त आयोजनामा ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ आयोजना गरियो । ब्रोम्दिङ डाँडामा आयोजना गरिएको उक्त महोत्सवमा काठमाडौंलगायत स्थानबाट मानिसहरू पुगेका थिए ।  महोत्सव उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ब्रोम्दिङलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले आउँदो वर्ष बजेट छुट्याउने प्रतिवद्धता जनाएका थिए । उनले चालिसेदेखि ब्रोम्दिङसम्मको बाटो कालोपत्र गर्नेसँगै अन्य पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता गरेका थिए ।  महोत्सवको उद्घाटन समारोहमा सबै वक्ताले ब्रोम्दिङ नयाँ र उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएका थिए । उक्त समारोहमा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले ब्रोम्दिङ नयाँ र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा एक्सप्लोर भएकाले यो क्षेत्रको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले निरन्तर काम गर्नुपर्ने बताएका थिए ।  नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति तथा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले ब्रोम्दिङ उत्कृष्ट गन्तव्य रहेको बताएका थिए । ‘म नेपाल र विदेशका धेरै ठाउँ पुगेको छु । यहाँको मौसम, प्राकृतिक स्वरूप र बनावट साच्चै नै उत्कृष्ट छ,’ उनले भनेका थिए । यो ठाउँसम्म बाटो कालोपत्र गर्न सकिए भने पर्यटकका लागि साइट सिन गर्ने नयाँ नगरकोट, बन्दीपुर र सराङकोट बन्न सक्ने उनको भनाइ थियो ।  वक्ताहरूले ब्रोम्दिङको पर्यटकीय विकासका लागि पूर्वाधार निर्माणको आवश्यकता रहेको बताइरहँदा गाउँपालिकाका अध्यक्ष थपलियाले पूर्वाधार निर्माण गर्ने चुनौती थपिएको बताएका थिए । यद्यपि ब्रोम्दिङको पर्यटकीय विकासमा आफूहरू लागिपर्ने उनले बताए । चालिसेदेखि ब्रोम्दिङसम्म बाटो कालोपत्र गर्न बजेट विनियोजन गरिएको उनको भनाइ छ ।  त्यहाँको पर्यटन विकासका लागि होमस्टे विस्तार गर्ने पनि उनको योजना छ । यसका लागि काम गरिरहेको उनले बताए ।  काठमाडौंबाट नजिक ! ब्रोम्दिङ संघीय राजधानी काठमाडौंबाट नजिकको गन्तव्य हो । यस कारण पनि त्यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने देखिन्छ । काठमाडौंबाट ९५किलोमिटर दूरीको यात्रा गरेपछि ब्रोम्दिङ पुग्न सकिन्छ । नागढुंगा–मुग्लिन खण्डको चालिसेबाट झण्डै २२ किलोमिटर उकालो मोटरबाटोको यात्रा गरेर पनि त्यहाँ पुग्न सकिन्छ ।  कसरी पुग्ने ? काठमाडौंबाट तीन घण्टाको मोटर यात्रामा धादिङको चालिसे पुग्न सकिन्छ । चालिसेबाट उकालो लागेमा बढीमा दुई घण्टामा सिमभञ्ज्याङ पुग्न सकिन्छ । सिमभञ्ज्याङदेखि दुई वटा बाटो छन् । सहज बाटोका लागि सोझै ब्रोम्दिङ जान सकिन्छ । तर, होमस्टेलगायत गाउँ र बस्ती हेर्नका लागि जरुङ झर्नुपर्छ । जरुङ तामाङ समुदायका घर भएको बस्ती हो ।

बाख्राको चिजले बन्दीपुरमा तान्यो पर्यटक

काठमाडौं । तनहुँको पर्यटकीय नगरीका रूपमा चिनिएको बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नुको कारण हो– प्राकृतिक सुन्दरता । अहिले भने राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रममा पुग्नका लागि पर्यटक आउने गरेका छन् ।  त्यहाँ आउने पर्यटकले बाख्राबारे जानकारी लिने गरेका छन् । उक्त कार्यालयले बाख्राबारे अध्ययन तथा अनुसन्धान हुने गरेको छ ।  कतिपय भने त्यहाँ चिज खान पनि पुग्ने गरेका छन् । कार्यालयले पछिल्लो समय बाख्राको दूधबाट चिज पनि उत्पादन गर्ने गरेको छ । कार्यालयले प्रतिकेजी १ हजार रुपैयाँमा चिज बेच्ने गरेको छ । त्यहाँ उत्पादित चिज पर्यटकले रुचाएको कार्यालयका कर्मचारी बताउँछन् ।  त्यसो त कार्यालयले बाख्राको दूध पनि बेच्ने गरेको छ । बाख्राको दूध भने प्रतिलिटर ६० रुपैयाँमा विक्री हुने गरेको कार्यालयले जानकारी दिएको छ ।  ।  डेंगीको महामारीको समयमा बाख्राको दूध र चिजको अत्यधिक माग भएको कार्यालयले जानकारी दिएको छ ।  २०३३ सालमा स्थापना भएको उक्त केन्द्रमा २०४८ सालदेखि अनुसन्धान थालिएको हो । हाल सरकारको बाख्रामा अनुसन्धान गर्ने निकाय यो मात्रै हो ।  त्यहाँ ८० हेक्टरमा बाख्रा फार्म सञ्चालन गरेको छ, जहाँ सानेनलगायत खरी प्रजातिका बाख्रा छन् । अनुसन्धान कार्यक्रममासानेन प्रजातिका बाख्रा ५० भन्दा बढी र खरी, सिन्हाल, जमुनापारी, बोयर, बारबारीलगायत प्रजातिका करिब ५ सय बाख्रा छन् ।  कार्यालयमा दैनिक ४० लिटरसम्म दूध उत्पादन हुन्छ । त्यसमध्ये अधिकतम १२ देखि २० लिटरसम्म दूध विक्री हुने गरेको छ भने बाँकी दूधको चिज उत्पादन हुने गरेको छ ।१ केजी चिज उत्पादनका लागि ८ देखि १० लिटरसम्म दूध चाहिन्छ । त्यहाँ उत्पादित चिज पोखराको मेट होम र बन्दीपुरमा विक्री गर्ने गरेको छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण बन्दीपुर

मौसम सफा रहने भएकाले यतिवेला घुमघामको सिजन छ । तनहुँको सदरमुकाम दमौलीबाट २६ किलोमिटरको यात्रापछि पुगिने बन्दीपुर आन्तरिक तथा विदेशी पर्यटकको रोजाइमा पर्ने ठाउँमध्ये एक हो । मौसम सफा रहने अहिलेको सिजनमा...

पर्यटन प्रवर्द्धनका लागि त्रिशूली नदीमाथि ५५८ मिटर लामो जीपलाइन

चैत २५, चितवन । पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ । रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जीपलाइन सञ्चालनमा ल्याएको हो । इच्छाकामनाका अध्यक्ष गीताकुमारी गुरुङ र गण्डकीका अध्यक्ष होमबहादुर राना मगरले संयुक्तरूपमा जीपलाइनको उद्घाटन गरेका हुन् । जीपलाइनको उद्घाटन गर्दै अध्यक्ष गुरुङले जीपलाइनले पर्यटन विकासमा टेवा पु¥याउने विश्वास बताइन् । ‘जीपलाइनले इच्छाकामनाको पर्यटकीयस्थल लामो झरना, इच्छाकामना मन्दिर, सिराइचुली, उपर्दाङगढी, त्रिशूली नदी ¥याफ्टिङ सबै समेट्छ’ उनले भनन् । यहाँ आउने पर्यटक माथितिरका अन्य पर्यटकीयस्थलको भ्रमण गर्ने र माथिबाट आएर गण्डकी गाउँपालिकाको पर्यटकीयस्थलको अवलोकन गर्न जाने हुँदा जीपलाइन सञ्चालनले मद्यत गर्ने उनको नाइ थियो । साथै आर्थिक लाभका लागि पनि व्यावसायिक रूपमा जीपलाइनले मदत पुर्याउने उनले बताइन् । गण्डकीका अध्यक्ष राना मगरले जीपलाइनले पर्यटन विकाससँगै दुई पालिका जोड्ने काम गरेको बताए । जीपलाइन सञ्चालनसँगै पर्यटकको आवागमन बढ्ने, होटललगायतका व्यवसायीको व्यवसायमा टेवा पुग्ने उनले बताए । रिभर फन विच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शंकर अधिकारीले नदीमाथि पर्ने उक्त जीपलाइन विश्वकै नमूना भएको दावी गरे । उनका अनुसार ५५८ मिटर लामो उक्त जीपलाइन ३५ देखि ४० सेकेन्डमै पार गर्न सकिने छ । स्वदेशी पयर्टकका लागि १ हजार रुपैयाँ र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने उने बताए । जीपलाइन पृथ्वीराजमार्ग छेऊमा रहेकाले चितवन, पोखरा, बन्दीपुर, मनकामनालगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाइमा पर्ने अधिकारीको अनुमान छ । रासस

लयमा फर्किंदै तनहुँको पर्यटन

दमौली । कोरोनाका कारण सुस्ताएको तनहुँको पर्यटन पुनः पुरानै स्थितिमा आउन थालेको छ । लामो समयसम्म कोरोना संक्रमणका कारण सुस्ताएको जिल्लाको पर्यटनले विस्तारै गति लिन थालेको हो । कोरोना संक्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्न थालकाले जिल्लाका पर्यटकीय स्थानमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यसबाट व्यवसायी पनि आशावादी हुुन थालेका छन् । अहिलेको याममा बिहानको सूर्याेदयसँगै कुहिराले ढाकिएको दृश्य हेर्न आन्तरिक पर्यटक व्यास नगरपालिका–५ मानुङकोट उक्लिन थालेका देखिन्छन् । पछिल्लो केही दिनयता दैनिक सयौंको संख्यामा पर्यटक मानुङकोट पुग्ने गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । गतवर्षदेखि मानुङकोटमा आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको हो । गतवर्षको कात्तिकमा एकै दिन १० हजारभन्दा बढी पर्यटक यहाँ आइपुगेका थिए । मानुङकोटमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि गत वर्षदेखि स्थानीयवासीले प्रत्येक घरमा होटल खोलिसकेका छन् । यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमाल अवलोकन गर्न सकिन्छ । साथै दमौली बजारलगायत आसपासका क्षेत्र पनि छर्लंग देखिन्छ । मानुङकोट जाने बाटो कालोपत्रसमेत हुन थालेकोे छ । केही ठाउँमा कालोपत्र भइसकेको छ भने केही ठाउँमा गर्न बाँकी छ । जिल्लाको अर्काे पर्यटकीय नगरी बन्दीपुरमा पनि यतिबेला पर्यटकको चहलपहल बढेको छ । दसैं बिदापछि आन्तरिक पर्यटकको चहलपहल बढेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । कोरोनाका कारण २ वर्षदेखि पर्यटक ठप्प भएको बन्दीपुरमा अहिले आन्तरिक पर्यटक वृद्धि भएको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए । सुस्ताएको यहाँका होटल व्यवसायीमा अहिले आशा पलाएको उनले बताए । ‘२ वर्ष यहाँको व्यवसाय ठप्प रह्यो, अहिले पर्यटकको चहलपहलले आशा जगाएको छ,’ सचिव पौडेलले भने, ‘यो क्रम निरन्तर रहे व्यवसायीलाई राहत हुन्छ ।’ होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले स्वदेशी पाहुनाको आगमन बढेसँगै व्यवसायीमा आशा जगाएको बताए । अधिकांशले कोरोनाविरुद्धको खोप लगाएका कारण पनि घुम्न निस्किएका हुन सक्ने उनको भनाइ थियो । बन्दीपुरका होटल व्यवसायीले छूट प्याकेजसमेत ल्याउने तयारी गरेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार पर्यटकलाई आकर्षित गर्न छूट प्याकेज ल्याउने तयारी छ । यहाँ होटल संघसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालित छ ।   यसैगरी म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रूखमाथि निर्माण गरिएको घरमा पनि पर्यटकको चहलपहल बढेको छ । यहाँ दैनिक १०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाटले जानकारी दिए । भिमाद नगरपालिका–९ मोहोरियास्थित अग्लो ढुंगामा पनि आन्तरिक पर्यटकको चहलपहल बढिरहेको छ । अग्लो ढुंगा सिँगारेर उद्यान बनाइएपछि यस ठाउँ आन्तरिक पर्यटकको रोजाइमा परेको स्थानीयवासी शिवकुमार आलेले बताए । रासस