छुटाछुट्टै घटनामा  दुई बालकको मृत्यु

झापामा छुटाछुट्टै घटनामा परेर दुई बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ बुधबारेस्थित पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने कमलमा अर्का बालकको रुखको हाँगोले लागेर ज्यान गएको छ ।बुद्धशान्ति–३ स्थित विनोद मोक्तानको माछापोखरीमा साँझ ५ः३० बजेतिर पौडी खेल्ने क्रममा स्थानीयवासी हरिप्रसाद पौडेलका १३ वर्षीय छोरा नितेश पौडेलको ज्यान गएको हो । स्थानीयवासी धनबहादुर चौहानका छोरा १४ वर्षीय सुजन चौहानसँगै नितेश स्कुलबाट फर्किने क्रममा माछापोखरीमा पौडी खेल्न गएका थिए । &n

सम्बन्धित सामग्री

पिकअपले किच्दा बालकको मृत्यु

इलामको सूर्याेदय नगरपालिका–४, अन्तुमा पिकअपले किच्दा डेढवर्षे बालकको मृत्यु भएको छ।

नहरमा डुबेर बालकको मृत्यु

सर्लाहीको बागमती नगरपालिका ८ सोल्टीमा नहरको पानीले बगाएर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।...

पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो । पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४...

झाडापखालाबाट तुल्सीपुरमा एक बालकको मृत्यु, चार बिरामी

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।