प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सर्वोच्चमा शुरू भयो सुनुवाइ

प्रधानमन्त्रीको सिफारिशमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गर्ने राष्ट्रपतिको कदम संवैधानिक कि असंवैधानिक भन्ने विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ । शुरुमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए । त्यसपछि सन्तोष भण्डारीले बहस गरिरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासले यो विवाद बृहत पूर्ण इजलासमा लैजाने कि संवैधानिक इजलासले हेर्ने भन्ने विवाद टुंगाउँदै शुक्रवार संवैधानिक इजलासमै सुनुवाइ गर्ने आदेश गरेको थियो ।  सामान्यतया संवैधानिक इजला...