युवा परिषद्ले आयोजना गरेको गजल, टिकटक र युट्युब भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक

काठमाण्डाै - राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सन्देशमूलक नेपाली गजल, टिकटक र युट्युब भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार गजल प्रतियोगितामा डोटीका समिर ओझा पहिलो, खोटाङका विक्रम चेतनशील राई दोस्रो र कास्कीका संयोग बस्याल तेस्रो तथा झापाकी सरु आचार्य (दुलाल) ले सान्त्वना पुरस्कार जितेका छन् । सन्देशमूलक युट्युब भिडियो प्रतियोगितामा कास्कीका अभ्यासराज चालिसे पहिलो, सुनसरीका तीर्थराज विश्वकर्मा दोस्रो र सुर्खेतकी प्रिशिला गिरी तेस्रो तथा कपिलवस्तुका खुमबहादुर सुनारले सान्त्वना स्थान हासिल गरेका...