पूर्वमन्त्री मिथिला चौधरीको निधन

काठमाडौं : पूर्वमन्त्री मिथिला चौधरीको निधन भएको छ। ५७ वर्षको उमेरमा शुक्रबार राति उनको निधन भएको हो।भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको छोरी रक्षाले जानकारी दिइन्। उनी क्यान्सरपीडित थिइन्।मिथिला संविधानसभा सदस्यसमेत हुन्। नेकपा संयुक्तको सांसदको हैसियतमा उनले २०७४ साउन ११ गते जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।उनका श्रीमान्, एक छोरा र दुई छोरी छन्।

सम्बन्धित सामग्री

पूर्वमन्त्री मिथिला चौधरीको निधन

काठमाडौं । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको शुक्रबारराति मृत्यु भएको हाे । पूर्वमन्त्री मिथिला चौधरी संविधानसभा सदस्य समेत हुनुहुन्थ्यो । नेकपा (संयुक्त) को सांसद रहेका बेला चौधरीले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँका श्रीमान्, एक छोरा र […]