लमजुङ अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित,रोजगारीको ग्यारेन्टी गर्न माग

लमजुङ । रोजगारीको ग्यारेन्टी नभएपछि जिल्ला अस्पताल लमजुङका स्वास्थ्य कर्मचारी आन्दोलित भएका छन् । बायाँ हातमा कालो पट्टी बाँधेर उनीहरूले सोमबार रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्पताल गेटमा धर्ना दिएका थिए । सरकारले अस्पताल हस्तान्तरण गर्नुभन्दा पहिला कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । सङ्घर्ष समितिका संयोजक गणेश गुरुङका अनुसार अस्पताल विकास समिति र […]

सम्बन्धित सामग्री

दलित महिलाको सहभागिता सुनिश्चित गर्न फेडोको माग

फेडो गण्डकीले समान कामको समान ज्याला सुनिश्चित गर्ने कानुनी व्यवस्था गर्न, महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गरी पुरुषसरह सम्मानपूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न तथा धर्म, जात, संस्कार, परम्परा, रीतिरिवाजका नाममा महिलामाथि हुने सबैखालक...

पप्पु कन्स्ट्रक्सनको बैंक ग्यारेन्टी जफत

रौतहट । रौतहटको गौर नगरपालिका–४ स्थित लालबकैया नदीमा पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनको बैंक ग्यारेण्टी जफत भएको छ । पप्पुले उच्च अदालत वीरगञ्जमा मागेको अन्तरिम आदेशको रिट खारेज भएसँगै सडक कार्यालय रौटहटले बैंक ग्यारेन्टी जफत गरेको हो । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाले २० करोड ७२ लाख रुपैयाँको लागतमा लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडाइको पक्की पुल बनाउन बोलपत्र आह्वान गरेको थियो । १४ करोड ९३ लाख रुपैयाँमा ठेक्का सकारेको पप्पुले सम्झौताअनुसार काम नगरेको भन्दै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सम्झौता अनुसार काम गर्न पटक पटक ताकेता गर्दै आएको थियो । पप्पु कन्स्ट्रक्सनले ३ वर्षभित्र निर्माण काम पूरा गर्नेगरी २०७१ असार २९ मा सम्झौता गरेको थियो । तर पप्पुले निर्माण अलपत्र पारेपछि सडक डिभिजन कार्यालय रौतहटले पटक पटक पत्र पठाएर काम थाल्न अनुरोध गर्दा पनि बेवास्ता गरेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साहले बताए । निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेको र लिखित तथा मौखिक ताकेता समेत बेवास्ता गरेकाले शर्तविपरीत गएको भन्दै सडक डिभिजन कार्यालयले जेठ १० गते ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द भएपछि पप्पुले उच्च अदालत वीरगञ्जमा अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेको थियो । दायर गरेको रिटमा उच्च अदालतले ठेक्का रद्दको प्रक्रिया यथावत् राख्न भन्दै अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशपश्चात् पनि केही कामदार लगाएर निर्माण कम्पनीले काम अगाडि बढाइरहेको थियो । पप्पुले उच्च अदालत वीरगञ्जमा मागेको सोही अन्तरिम आदेश मागको रिट खारेज भएसँगै बैंक ग्यारेन्टी जफत भएको हो । ठेक्का सकार गर्ने बेला राखेको बैंक ग्यारेन्टी जफत गरिसकेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख साहले बताए । उच्च अदालतले पप्पु कन्स्ट्रक्सनले दिएको रिट खारेज गरेसँगै अब नयाँ ठेक्काका लागि बाटो खुलेको कार्यालयले जानकारी दिएको छ । यसैबीच, पत्रकार सञ्जय सहनी  अलपत्र  लालबकैयाको पुल यथाशीघ्र निर्माणको माग गर्दै लागि आमरण अनशन बसेका छन् । पुल नबनेका कारण बन्जरहा, औरैया, मठिया, जोकहा, नरकटिया, रामपुर खाप डुमरिया परोहा लौतनालगायत दर्जनौं गाउँका बासिन्दा हिउँदमा बाँसको लच्का बनाएर आवतजावत गर्न बाध्य छन् । यस्तै बर्खायाममा गौर आउन जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्ने बाध्यता छ ।

सेवा तथा सुविधा ग्यारेन्टी गर्न माग गर्दै कर्मचारी आन्दोलनमा

काठमाडौँ । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले सेवा तथा सुविधा ग्यारेन्टी गर्न माग गर्दै आन्दोलन गरेको हो । विद्यालय कर्मचारी (सहायक लेखापाल)लाई ३६ हजार सात सय ३० पारिश्रमिक दिनुपर्ने माग पनि छ। यस्तै विद्यालय सहयोगीलाई २६ हजार २ सय १० पारिश्रमिक दिनुपर्ने माग उनीहरूको छ। ६० वर्ष उमेर हदका […]

आफ्ना माग पूरा गरे ईयूको प्रस्ताव स्वीकार गर्न इरान तयार

नाम सार्वजनिक नगर्ने सर्तमा ती कूटनीतिज्ञले भने, 'इरानले आईएईए सुरक्षासम्बन्धी राजनीतिक दाबीको समाधान गर्ने, इरानमाथिको प्रतिबन्ध हटाउने र आणविक वार्ताको अन्त्यमा सम्भावित सम्झौतामा पुग्ने ग्यारेन्टी दिनेलगायत इरानका विभिन्न माग पूरा गर्न इरानको ‘विश्वसनी...

जागीरको ग्यारेन्टी गर्न अस्पतालका कर्मचारीको माग

लमजुङ । जिल्ला अस्पताल लमजुङका कर्मचारीहरूले अस्पतालमा कार्यरत सबै कर्मचारीको रोजगारीको सुनिश्चित हुनुपर्ने माग गरेका छन् । गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको व्यवस्थापन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)सँगको सम्झौता तोड्ने निर्णयसहितको पत्र पठाएपछि कर्मचारीले रोजगारीको सुनिश्चिताका लागि माग गरेका हुन् । कर्मचारीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रमुख जिल्ला […]

महिला सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– महिला सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। नेत्रविक्रम चन्द ‘वप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पछिल्लो समय देशका विभिन्न स्थानमा बालिकाहरुमाथि भएका यौन दुर्व्यवहारका घटनाको विरोधमा प्रदर्शन गरेको हो। अखिल क्रान्तिकारी निकट विद्यार्थीहरुले सोमबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘पीडितलाई न्याया दे, बलात्कारीलाई फाँसी दे, यौन […]

अफगानिस्तान छाड्नेहरूलाई हवाई र स्थल मार्ग सहज उपलब्ध गराउन नेपालको माग !

काठमाण्डाै – सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमन–चयनको सुनिश्चितता (ग्यारेन्टी) गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज मङ्गलवार प्रेस विज्ञप्ति निकालेर अफगानिस्तानको पछिल्लो घटनाक्रमबारेमा सरकारको धारणा सार्वजनिक गर्दै सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गरेको हो । नेपालले अफगानिस्तान छाड्न चाहनेहरूलाई सडक मार्ग तथा हवाई मार्ग प्रयोग र सीमा पार गर्न दिन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयकाे विज्ञप्तिमा सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता क...

खोपको व्यवस्थापन गर्न पर्यटन व्यवसायीको माग

पोखराका पर्यटन व्यवसायीहरुले सरकारले खोपको व्यवस्था गरेर नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न माग गरेका छन् ।कोरोना महामारीको यो संकटको अवस्थामा राज्यको पहिलो दायित्व नागरिकको जीऊ ज्यानको रक्षा गर्ने भएकाले सरकारको ध्यान जनताको जीवन रक्षामा केन्द्रित हुनु पर्ने पोखरा क्षेत्रका पर्यटन व्यवसायीहरुले माग गरेका हुन् ।नेतृत्व आफू खोप लगाएर सुरक्षित भएपछि नागरिकको स्वास्थ्यप्रति गम्भिर नहुनु, […]