कहिले चर्किँदै त कहिले मत्थर हुँदै आएको सत्तारुढ नेकपा एमालेको अन्तर्विरोध थप जिम्लिएको छ । विवाद समाधान गर्न प्रयासरत दुवै पक्षका दोस्रो तहका नेताहरूको दौडधुप जारी रहे पनि उनीहरूले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकेका छैनन् ।अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल आआफ्नै अडानबाट टसको मस भएका छैनन् । दोस्रो तहका नेताहरूले जति दौडधुप गरे पनि ओली र नेपाललाई सहमतिमा ल्याउन सकेका छैनन् । दुवै समूहका दोस्रो पुस्ताका नेताले ओली र माधवलाई न त फकाउन सकेका छन्,