जलवायु परिवर्तनका विषयमा वन मन्त्री आले र बेलायतका मन्त्री शर्माबीच छलफल

विमल विष्ट, काठमाडौँ । बेलायतका मन्त्री यवम संयुक्त राष्ट्र संघीय जलवायु परिर्वतन सम्बन्धि पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलनका अध्यक्ष आलोक शर्मा र वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले बिच आज बिहिवार मन्त्रालयमा भेटवार्ता भएको छ । भेटवार्तामा आगामी नेभेम्वर २०२१ मा हुने जलवायु परिर्वतन विश्व सम्मेलनमा नेपालको भुमिका तथा योगदान लगायतका विविध बिषयमा छलफल भएको […]

सम्बन्धित सामग्री

मन्त्री आले र बेलायतका मन्त्रीबीच ‘भर्चुअल मिटिङ’

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र बेलायतका व्यापार, ऊर्जा तथा स्वच्छ विकासमन्त्री एनीमेरी ट्रेभेल्यानबीच आज ‘भर्चुअल मिटिङ’ अर्थात अनलाइन संवाद भएको छ । आगामी नोभेम्बर २०२१ मा संयुक्त अधिराज्यको ग्लास्गो शहरमा हुन गइरहेको संयुक्त राष्ट्र सङ्घीय प्रारुप महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) मा नेपाल र बेलायतबीचको सहकार्य सम्बन्धमा उक्त ‘भर्चुअल मिटिङ’ अर्थात् अनलाइन संवाद भएको हो । संवादका क्रममा बेलायतका मन्त्री एनीमेरी ट्रेभेल्यानले आगामी २६ औँ सम्मेलनमा नेपालले के अनुभव बाँड्न चाहेको छ, जलवायु परिर्वतनबाट भएको हानिनोक्सानीको सन्दर्भमा नेपालले गरेको अध्ययन प्रतिवेदन उक्त सम्मेलनसम्म उपलब्ध हुन सक्छ की भन्ने जिज्ञासा राख्नुभएको थियो ।           उक्त जिज्ञासाका सन्दर्भमा वन तथा वातावरणमन्त्री आलेले नेपालसँग स्थानीय अनुकूलन योजना तर्जुमा र यसको कार्यान्वयनमा अनुभव रहेको तथा आगामी दिनमा सबै स्थानीय तहमा अनुकूलन योजना तयार गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तथ्यमा आधारित सूचनामार्फत जलवायुजन्य जोखिम आँकलन गरी मध्यकालीन र दीर्घकालीन योजना तयार गर्दै जलवायु परिर्वतनका समस्यालाई सम्बोधन गर्ने क्षमता, विकास र जलवायु वित्त प्रणाली विकास गर्ने कार्यमा अगाडि बढ्दै गएका छौँ ।”          यसैगरी मन्त्री आलेले नेपालले राष्ट्रिय अनुकूलन योजना तयार गर्दै गरेको र जलवायुजन्य हानिनोक्सानीको सम्बन्धमा भइरहेको तयारी तथा यसको अध्ययनलाई आधार बनाएर हानिनोक्सानी कम गर्न आन्तरिक तथा अन्तर्राष्ट्रिय लगानीसमेतका आधारमा काम गर्न इच्छुक रहेको समेत उक्त संवादमा जानकारी दिनुभयो ।