कुलो निर्माण भएपछि किसान खुसी

अनैकोट–२ का साधुराम पौडेलले सिँचाइ कुलो निर्माण भएपछि सोचेअनुसार खेती गर्न पाएकामा खुसी छन् । पहिला किसानले नै जसोतसो खनेर बनाएको कुलो बाढी आएपछि बगाउने अनि बनाउनुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर ठाउँठाउँमा कुलो भत्किने र पानी चुहिने कारणले गर्दा निकै हैरानी खेपेर खेती गर्नुपर्ने अवस्थामा पक्की कुलो निर्माण भएसँगै उनको सास्ती अन्त्य भएको छ […]