अमेरिकी सेनाले गरेको आक्रमणमा ४ जनाको मृत्यु भएको छ। पूर्वी प्रशान्त महासागरमा शंकास्पद लागूऔषध बोकेको डुङ्गामाथि अमेरिकी सेनाले हमला गरेको हो। उक्त हमलामा डुङ्गामा सवार चारै जनाको मृत्यु भएको अमेरिकी साउदर्न कमान्डले जनाएको छ। सेनाले अन्तर्राष्ट्रिय जलसिमानामा एक ‘तोकिएको आतङ्कवादी सङ्गठन’ द्वारा सञ्चालन गरिएको डुङ्गामाथि घातक प्रहार गरेको बताएको छ। अमेरिकी दाबीअनुसार, डुङ्गामा अवैध लागूऔषध […]
प्रसादका अनुसार २०२१ देखि २०२४ सम्मका ९६ बालबालिकाको मृत्यु केस अध्ययन गर्दा १० वटा केसमा खोप नै कारण हुनसक्ने संकेत भेटिएको छ। उनले ७ देखि १६ वर्षका बालबालिकाको मृत्युमा हृदयसम्बन्धी समस्या देखिएको उल्लेख गरेका छन्। तर कुन कम्पनीको खोप थियो वा उनीहरूको स्वास्थ्य अवस्था कस्तो थियो भन्ने भने खुलाइएको छैन।
जब सरकार स्थिर, नीति स्पष्ट र प्रशासन सरल हुन्छ, तब युवाहरूले देशमै लगानी गर्न सहज महसुस गर्छन्। युवाको लगानीले रोजगारी सिर्जना गर्छ, आत्मनिर्भर अर्थतन्त्र बनाउँछ र वैदेशिक पलायन घटाउँछ।
१९ मंसिर, सुर्खेत । नेकपा एमालेको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशनका लागि कर्णालीबाट प्रतिनिधि चयन टुंगिएको छ।
४७ हजार संगठित सदस्य रहेको कर्णालीबाट ११३ जना प्रतिनिधि चयन भएका छन् । तर प्रतिनिधि चयनमा अपनाइएको शैली र …
म्याग्दी। बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ। गण्डकी प्रदेश जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालयले रु दुई करोड ९८ लाखको लागतमा आयोजना निर्माण थालेको हो। आयोजनाका इन्जिनियर नरजङ गुरुङका अनुसार नदी किनारमा ८० मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण हुनेछ। भुइँमा […]