साउन २३ भित्र पार्टी सदस्यता नवीकरण र अद्यावधिक गरिसक्ने एमालेको निर्णय

नेकपा (एमाले)ले साउन २३ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समयसीमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।