१४% लाभांश प्रस्ताव पारित गर्न मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

पुस ७, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पुस २८ गते १६औं साधारण सभा बोलाएको छ । सभा सुनसरी उद्योग वाणिज्य संघ, धरानमा बिहान ११ बजे शुरु हुनेछ । सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम चुक्तापूँजीको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीयसंस्थालाई प्राप्ति गर्ने वा मर्जर गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनी तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा परिमार्जन तथा संशोधन गर्ने लगायतका प्रस्तावहरु समेत सभाको लागि तय भएका छन् । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्मका कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।