कतारको अल जावर पार्टनर्स कम्पनीमा १५ सय कामदार तलबविहीन

कतारको अल जावर पार्टनर्स कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम रोकिएको छ ।