खौलाराका स्थानिय, सनुसान गाउँ एका-एक बजार बन्दा दंग

“विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पना गरेका थिएनौँ”, बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दङ्ग हुनुहुन्छ । दुई दशकअगाडिसम्म सनुसान गाउँ रहेको खौलारा अहिले स्वरुप बदलेर बजार बनेको छ । मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गए पछि यहाँ थुप्रै विकासका […]

सम्बन्धित सामग्री

हुलाक भञ्ज्याङमा ३५ वर्षपछि रोटेपिङ

मलेखु (धादिङ) । धादिङको ज्वालामुखी गाउँपालिका–६ स्थित हुलाक भञ्ज्याङमा ३५ वर्षपछि यो दशैंमा रोटेपिङ हालिएको छ । पुराना कला र संस्कृति जगेर्ना गर्ने अभियानमा लागेका स्थानीय युवाले कलात्मक रोटेपिङ तयार गरेका हुन् । गाउँका सबै युवा मिलेर पिङ निर्माण गरेपछि यो वर्ष दशैं रौनक बनेको छ । बालबालिकादेखि वृद्धसम्मलाई रोटेपिङले थप उल्लासमय बनाएको छ । स्थानीयवासी हरिमान शाक्य भन्छन्, ‘३५ वर्षपछि रोटेपिङ चढ्न पाइयो । पिङ खेल्न पाएपछि त हामीजस्ता बुढापाकालाई पनि दशैं रमाइलो हुँदो रहेछ ।’ बाजेका पालासम्म पुस्तान्तरण हुँदै आए पनि बाको पालादेखि हराउँदै गएको रोटेपिङको जगेर्नामा नयाँपुस्ता लागिपरेका छन् । यहाँका युवाले गाउँका बूढापाका र बालबालिकालाई पिङ खेलाउँदै रोटेपिङबारे पाकाको कुरा सुन्ने र सानालाई सुनाउने गरिरहेका छन् । यो दशैंमा साना बालबालिकाले पनि रोटेपिङको अनुभव लिने मौका पाएका छन् । झण्डै तीन दशकपछि गाउँमा रोटेपिङ चढ्न पाउँदा वृद्धवृद्धा पनि मख्ख छन् । मीठो खानुभन्दा पनि दशैं मानाउन गाउँ पुगेकाहरू पनि पिङमा नै रमेका छन् । मौलिक संस्कृतिको जगेर्ना गर्ने र पुराना कला संस्कृतिका बारेमा नयाँ पुस्तालाई आकर्षण बढाउने उद्देश्यले गाउँका साथीभाइ मिलेर रोटेपिङ निर्माण गरिएको स्थानीय युवा सुनिता शाक्य शाक्यले बताइन् । ‘तीन दशकअघिसम्म हजुरबुबाले दशैंमा बर्सेनि रोटेपिङ खेल्नुहन्थ्यो रे भन्ने गरेको सुनिन्थ्यो । तर, देख्न भने मुस्किल थियो । वर्षमा एक दिन भए पनि पिङ खेलेर धर्ती छोड्नुपर्छ भन्ने पाका पुस्ताको भनाइलाई समेत मनन गर्दै यसपाली पिङ हालियो,’ शाक्यले खुसी सुनाइन् ।  ‘रोजगारीको सिलसिलामा युवापुस्ता विदेशिने क्रम बढेसँगै पनि दशैं तिहारमा रौनकता दिने रोटे पिङ हराउन थालेको छ । प्रविधिको विकाससँगै सहर बजार र मेला महोत्सवमा पैसा तिरेर खेल्न पाइने पिङले पनि रोटेपिङप्रतिको चासो कम भएको पाइन्छ,’ उनले भने, ‘निर्माण गर्न खर्चिलो हुने, काठपात बढी लाग्ने र युवापुस्तामा शीप अभावकै कारण रोटे पिङ लोप हुँदैगयो । भावी पुस्ताले रोटेपिङ देख्नै नपाउने भएका थिए । हाम्रा राष्ट्रिय पर्वहरूसँग जोडिएको संस्कृति जोगाउनु हाम्रो दायित्व हो ।’ रोटेपिङकै ढाँचामा फलाम प्रयोग गरी व्यावसायिक हिसाबले पिङ बनाइने र खेल्ने खेलाइने प्रचलन पनि निकै बढेको छ । तर, त्यस्तो पिङमा दशैंमा देखिने रोटेपिङमा जस्तो रौनक पाइँदैन । ‘बाह्र वर्षमा खोला पनि फर्किन्छ’ भन्ने नेपाली उखानजस्तै गाउँबाट लोप भइसकेको रोटेपिङ झण्डै ३५ वर्षपछि सोही स्थानमा पुनः बन्दा र खेल्न पाउँदा हुलाक भञ्ज्याङवासी अहिले खुसीले दङ्ग छन् । वडासदस्य तथा स्थानीय बासिन्दा लिलामान शाक्यको पहलमा यहाँ ३५ वर्षपछि रोटेपिङ बनेको हो । पुस्तौंदेखि खेल्दै आएको रोटेपिङ एकादेशको कथाजस्तो नबनोस् भन्ने हिसाबले यो वर्ष दशैंमा रोटेपिङ बनाउनुपर्छ भन्ने आफूले योजना बनाएँ,’ उनले भने, ‘यो प्रस्ताव वडाअध्यक्ष किशोर सेढाईसमक्ष राखे त्यसपछि पालिकाको आर्थिक सहयोगमा गाउँमा रोटेपिङ बनाउन सफल भयौं ।’ करीब रु एक लाखको लगानीमा तयार भएको यो पिङ प्राविधिक हिसाबले पनि सुरक्षित बनेको छ । अहिले मौलिकरूपमा बनाइएको पिङमा प्रयोग भएको काठको खम्बा र फलामको डन्डी दशैं सकिएपछि सुरक्षित स्थानमा राखिने र आगामी वर्षमा पनि गाउँमा रोटेपिङ बनाउने कार्यलाई निरन्तरता दिँदै जाने उनको भनाइ थियो । रासस

गाउँ उराठ बन्दा बजार भरियो

काठमाडौं : एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन्। अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे। उनीहरूमा बजारमोह त्यत्ति थिएन। भएका बजार पनि साना थिए त्यतिबेला। अहिलेका जस्ता ठूला-ठूला पक्की घर पनि थिएनन्। बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए। स्थानीय तह बनेसँगै गाउँ-गाउँमा…

तरकारी खेतीले मनोरम लमजुङको भुष्मे

लमजुङ– मर्स्याङदी गाउँपालिका–८ को पर्यटकीय गाउँ भुष्मेको सिङ्गो गाउँ अहिले तरकारी खेतीमा लागेको छ । केही वर्षअघिसम्म बाँझो रहेको यी बारी अहिले हरिमल्लै भएको देख्न सकिन्छ । किसान यतिबेला काउली, बन्दा, गोलभेंडालगायत बिक्री गर्न व्यस्त छन् । केही वर्षअघिसम्म तरकारीका लागि बजार र छिमेकीको आस गर्ने भुष्मेबासी अहिले तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । […]