एमालेबाट प्रदेश १ उपसभामुखको उम्मेदवार सिर्जना दनुवार

प्रदेश १ उपसभामुखमा एमालेले उदयपुरकी सिर्जना दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले प्रदेश उपसभामुखको निर्वाचन शनिबार बिहान ११ बजेका लागि तोकेका छन् ।