थप ११ सय स्मार्ट सडक बत्ती जोड्दै ललितपुर महानगर

२० माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले नगर क्षेत्रमा दोस्रो चरणमा थप ‘स्मार्ट स्ट्रिट लाइट’ (सडक बत्ती) जडान गर्न गर्ने भएको छ । मेयर चिरिबाबु महर्जनका अनुसार नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोग र महनगरपालिकाको लगानीमा थप ११ सय सडक बत्ती जडान गर्न लागिएको हो । बुङ्मती, खोकना, सुनाकोठी, धापाखेल, भैंसेपाटी, हरिसिद्धीलगायतका क्षेत्रका सडक पनि अब अध्याँरोमुक्त […]

सम्बन्धित सामग्री

रातमा हुने दुर्घटना रोक्न ललितपुरका सबै सडकमा बत्ती बाल्छौँ : चिरीबाबु

काठमाडौं : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले रात्रिकालीन दुर्घटना न्यूनीकरणका लागि कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेण्डर आह्वान गर्ने बताएका छन्।बिहीबार साँझ ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।उनले कुसुन्ती क्षेत्रमा बत्ती नभएकै कारण अहिलेसम्म २४ जनाको निधन भइसकेको र धोबीघाट क्षेत्रमा ३४ जनाको ज्यान गइसकेकाले अबको १० दिनभित्र बत्ती बाल्नको लागि टेण्डर आह्वान गर्ने बताएका हुन्