सुर्खेत प्रशासनको निर्णय : पुस्तकालय सञ्चालन गर्न नपाइने, परीक्षा सञ्चालन गर्न पाइने

गत असार २२ गते सुर्खेत क्याम्पस (शिक्षा) का प्राध्यापकहरूले एउटा विज्ञप्ति निकाले । उनीहरुले सोही विज्ञप्ती मार्फत कोभिड–१९ विरुद्धको खोप अभियानबाट प्राध्यापक तथा कर्मचारी वञ्चित भएकाले जमघट सहितको परीक्षा सञ्चालनमा सम्मिलित (सहभागी) नहुने स्पष्ट पारे ।  उनीहरुको माग थियो, ‘सुर्खेतका संक्रमण दरमा केही रुपमा कमी आएपनि जोखिन उच्च छ । सयौँको संख्यामा परीक्षार्थीको उपस्थित बीच परीक्षामा सहभागी कसरी हुने ? हामीलाई खोप खै ? परीक्षा सुरु हुनुभन्दा दुई हप्ता पहिला नै हामीलाई कोरोना विरु