सिन्धुबाट अघि बढ्यो मेलम्ची पानी

वर्षाअघि बढीमा दुई महिनामात्र उपत्यकावासीले मेलम्ची पानी पाउने अधिकारीहरु बताउँछन्। बाढीले पुरेको अस्थायी संरचना खोतलेर त्यहीँबाटै पानी पठाइएको हो। तत्काल स्थायी संरचना बन्न सम्भव छैन। बाढीको सम्भावना प्रबल रहेकाले बर्षा सुरु हुनासाथ मुहानस्थलको गेट लगाएर...

सम्बन्धित सामग्री

कोटेश्वर हाईटमा आएन मेलम्ची पानी

काठमाडाैं । कोटेश्वर हाईटमा मेलम्ची पानी पुर्‍याउन समस्या भएको छ । मेलम्चीको पानी नपाएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । कोटेश्वरको महादेव स्थानमा मेलम्चीको खानेपानी नआएको भन्दै स्थानीयले आज मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन् । स्थानीयले निर्देशनालयलाई बारम्बार जानकारी गराउँदासमेत अझै महादेवस्थान हाइटका घरहरुमा पानी पुर्‍याउन नसकेको बताए । स्थानीय गोविन्दराज पन्तले […]

काठमाडाैंमा फेरि मेलम्ची पानी

काठमाडौं । सिन्धुपाल्चोक मेलम्ची खोलाबाट ल्याइएको पानी आधा वर्षपछि फेरि उपत्यकाबासीका धारासम्म पुगेको छ । पछिल्लोपटक २०७७ चैत दोस्रो सातादेखि काठमाडौं उपत्यकामा खानेपानी वितरण सुरु गरिएको थियो । तर, १ असार २०७८ मा मेलम्ची नदीमा आएको बाढीपहिरोले संरचनामै क्षति पु-याएपछि खानेपानी खानेपानी वितरण बन्द गरिएको थियो । यसपछि बाढीले क्षति गरेको संरचना मर्मत गरेर अस्थायी […] The post काठमाडाैंमा फेरि मेलम्ची पानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाँच महिनापछि पुनः सुरुङमा मेलम्ची पानी

काठमाडौं । वर्षाका कारण बन्द गरिएको मेलम्ची पानी पाँच महिनापछि पुनः काठमाडौं उपत्यका ल्याउन लागि सुरुङमा हालिएको छ । वर्षाले भत्काएको प्रवेशमार्ग सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको हो । ‘बाढी र लेदोले क्षति पु-याउनसक्ने’ अवस्था मध्यनजर गर्दैै वर्षा सुरु हुनुअघि नै सुरुङमा पानी हाल्न बन्द गरिएको […] The post पाँच महिनापछि पुनः सुरुङमा मेलम्ची पानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मेलम्ची पानी वर्षापछि मात्रै

काठमाडौं, जेठ १९ । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा पथान्तरण गर्ने कार्य मंगलवार साँझदेखि रोकिएको छ । अब वर्षा सकिएपछि मात्रै मेलम्ची पानी उपत्यका आउने सम्बद्ध अधिकारीहरूले बताएका छन् । मेलम्चीको पानी वैशाख ११ गतेदेखि पुनः काठमाडौं उपत्यकामा वितरण शुरू भएको थियो । त्यसयता नियमित आएको पानी मंगलवारबाट बन्द भएको छ । यसअघि २०७७ चैतमा […]

मेलम्ची पानी वर्षापछि मात्रै

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा पथान्तरण गर्ने कार्य मंगलवार साँझदेखि रोकिएको छ । अब वर्षा सकिएपछि मात्रै मेलम्ची पानी उपत्यका आउने सम्बद्ध अधिकारीहरूले बताएका छन् । मेलम्चीको पानी वैशाख ११ गतेदेखि पुन: काठमाडौं उपत्यकामा वितरण शुरू भएको थियो । त्यसयता नियमित आएको पानी मंगलवारबाट बन्द भएको छ । यसअघि २०७७ चैतमा मेलम्ची पानी काठमाडौं ल्याइएको थियो । मेलम्ची पानी आउन बन्द भएसँगै उपत्यकामा दैनिक १७ करोड लिटर पानी कम आपूर्ति हुनेछ । उपत्यकाको मागअनुसार दैनिक ३२ करोड लिटर पानी अपुग हुन्छ । अहिलेसम्म मेलम्चीबाट दैनिक १७ करोड र काठमाडौंकै आन्तरिक स्रोतबाट ११ करोड लिटर गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले २८ करोड लिटर पानी वितरण गरिरहेको छ । बाँकी माग निजीक्षेत्रका ट्यांकर, घरघरमा जडित बोरिङ, ट्युबवेल, इनार जस्ता स्रोतबाट धानिएको छ । अब केयूकेएलले दैनिक ११ करोड लिटरमात्रै आपूर्ति गर्नेछ । उपत्यकामा दैनिक पानीको माग ४३ करोड लिटर पुगेको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई बताउँछन् । उपत्यकामा पानीको अवस्था दैनिक आपूर्ति १७ करोड लिटरले घट्ने धारामा पानी कम्तीमा ६ दिन बिराएर उपत्यकाको दैनिक खानेपानी माग ४३ करोड लिटर मेलम्चीबाट आपूर्ति १७ करोड लिटर केयूकेएलले उपत्यकाका स्रोतबाट गर्ने आपूर्ति ११ करोड लिटर केयूकेएलबाट हालसम्म भइरहेको आपूर्ति २८ करोड लिटर अब हुने आपूर्ति ११ करोड लिटर नपुग पानी ३२ करोड लिटर नपुग आपूर्ति ट्यांकर र घरघरका भूमिगत स्रोतबाट उनले भूमिगत र सतहको गरी सुक्खायाममा दैनिक ११ करोड लिटर पानी वितरण गरिएको भन्दै अब पनि सोही परिणाममा आपूर्ति हुने बताए । ‘यसमा मेलम्चीको १७ करोड लिटर पानी थपिँदा १/२ दिन बिराएर केयूकेएलले पानी दिँदै आएको थियो,’ राईले भने, ‘अब कम्तीमा ५/६ दिन बिराएर वितरण गरिनेछ ।’ कतिपय स्थानमा पानी आउन त्योभन्दा बढी समय लाग्ने देखिएको छ । मेलम्चीबाट पानी आउन बन्द भएसँगै उपत्यकामा खानेपानी वितरणको समय तालिका परिवर्तन गरिएको उनले बताए । मेलम्ची बन्द भएसँगै मंगलवारदेखि नै केयूकेएलका मुख्य शाखाहरूले पानी वितरणको समय तालिका सार्वजनिक गरेका छन् । यसअनुसार अब उपत्यकावासीले पानीका लागि कम्तीमा १ साता कुर्नुपर्ने देखिन्छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मंगलवार बिहानदेखि पानी पथान्तरण घटाई साँझपख पूर्णरूपमा बन्द गरेको जानकारी दिए । गतवर्षको असार १ र साउन १६ मा आएको बाढीपहिरोका कारण आयोजनामा क्षति पुगेपछि पानी काठमाडौं आएको थिएन । त्यो अवस्था नदोहोरियोस् भनेर र ठूलो बाढी आउँदा सुरुङ र अस्थायी संरचनामा क्षति हुन नदिन पानी बन्द गरिएको पन्तले जानकारी दिए । उनले काठमाडौंमा मेलम्चीको पानी फेरि कहिले आउँछ भन्ने कुरा वर्षायाम कति लम्बिन्छ भन्नेमा भर पर्ने बताए । ‘तत्काल यो दिन/महीनामा पानी आउँछ भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘वर्षायाम सकिँदा र नदीमा धमिलो पानी नहट्दासम्म यकिन गर्न सकिँदैन ।’ गतवर्ष बाढी आउँदा सुरुङमा लेदो, हिलो पसेको थियो । अहिले त्यो अवस्था नआओस् भनेर र अस्थायी संरचना जोगाउने उद्देश्यले वर्षाअघि नै बन्द गरिएको उनले बताए । ३० अर्ब रुपैयाँभन्दा बढी रकम खर्चेर बनाइएको मेलम्ची आयोजनाको पानी अहिले पनि स्थायी संरचना तथा मुख्य सुरुङबाट आएको छैन । अस्थायी संरचनाबाट ल्याइएको पानी स्थायी संरचना र दिगो रूपमा ल्याउने कुरो अब एशियाली विकास बैंक (एडीबी)ले बुझाउने प्रतिवेदनले निर्क्यौल गर्नेछ । गतवर्ष बाढी आएपछि एडीबीले आयोजनामा विस्तृत अध्ययन गरेको छ । उक्त प्रतिवेदन अन्तिम चरणमा रहेको र एडीबीले छिट्टै बुझाउने पन्तले बताए । मेलम्ची आयोजनाको परिकल्पना गरेको पाँच दशकपछि २०७७ चैतमा काठमाडौंमा त्यहाँका पानी आएको थियो ।

मेलम्ची पानी : बाढी बढ्ना साथ बन्द

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको सुरुङ मार्ग हुँदै काठमाडौं ल्याइएको खानेपानी जुनसुकैबेला पनि बन्द हुने भएको छ । वर्षासँगै बाढी बढेर आकस्मिक रूपमा सुरुङमा पानी हाल्न बन्द गर्नुपर्ने स्थिति आउने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । अहिले पनि वर्षाका कारण सुरुङमार्गभित्र धमिलो पानीसमेत जान थालेको छ । आयोजनाले अहिले धमिलो पानी सुरुङमा छिरेपछि त्यसबाट जोखिमको […] The post मेलम्ची पानी : बाढी बढ्ना साथ बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक.

१६ वैशाखपछि धारामा मेलम्ची पानी

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी काठमाडौं उपत्यका पठाइएको छ । सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी १४ वैशाखमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्नेछ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मेलम्ची खानेपानीको पुनः उद्घाटन गरेका छन् । पानी १४ वैशाखमा सुन्दरीजल आइपुगेपछि त्यहाँ रहेको प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पुग्नेछ । वितरण प्रणालीमार्फत उपभोक्ताका धारामा पानी पठाइनेछ […] The post १६ वैशाखपछि धारामा मेलम्ची पानी appeared first on राजधानी राष्ट्रिय दैनिक.

नयाँ वर्षअघि उपत्यकामा मेलम्ची पानी कति सम्भव, कति असम्भव ?

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मात्र यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने बताए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने सपना यही चैत मसान्तसम्ममा पूरा हुने उनको दाबी छ । सरकारका तर्फबाट चैतभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरणको घोषणा यो पहिलो भने होइन, प्रधानमन्त्री शेरबहादुर देउवाले समेत प्रधानमन्त्री शेरबहादुर […] The post नयाँ वर्षअघि उपत्यकामा मेलम्ची पानी कति सम्भव, कति असम्भव ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

आजैबाट काठमाडौंका धारामा मेलम्ची पानी

काठमाडौं । काठमाडौंवासीका घरका धारामा आज (आइतबार)देखि मेलम्चीको पानी वितरणको कार्य थालिने भएको छ । सरकारले २२ वर्षदेखि काठमाडौं उपत्यकावासीले देख्दै आएको मेलम्ची पानीको सपना साकार बनाउन सफल भएको छ । सुरुका धेरै वर्ष मेलम्चीको काममा धेरै सुस्तता भए पनि पछिल्ला केही वर्षमा मेलम्चीको कामले निकै गति लिएको थियो । जसका कारण मेलम्ची पानी काठमाडांैमा […] The post आजैबाट काठमाडौंका धारामा मेलम्ची पानी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.