‘संसद् पुनःस्थापना हुनेबित्तिकै राष्ट्रपतिलाई महाभियोग लगाउनुपर्छ’

वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले सर्वोच्च अदालतले यसपटक राष्ट्रपतिको अधिकार, संसदको अधिकार र सांसदहरुको अधिकारको विशेष व्याख्या गर्ने बताएका छन् । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतले पुनःस्थापना गर्ने दाबी गरे । यसअघि पनि २०७७ फागुन ११ गते सर्वोच्च अदालतले संसद् पूनःस्थापना गरेको नजिर भएकोले यसपटक पनि संसद् पुनःस्थापना हुने उनको दाबी छ । […]